आफूले तिरेको कर कहाँ र कसरी खर्च भएको छ भनेर नागरिकले जान्न पाउनुपर्छ : राष्ट्रपति पौडेल

 बैशाख २२, २०८१ शनिबार १४:५६:५४ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकले तिरेको कर कहाँ, कसरी खर्च भइरहेको छ भनेर जान्न पाउनुपर्ने बताउनभएको छ । राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज भएको समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले नागरिकको हितमा काम गर्नुपर्ने र नागरिकले आफूले तिरेको कर कहाँ, कसरी खर्च भइरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वाभाविक हक पनि भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उहाँले सूचनाको हक लोकतन्त्रप्रति नागरिकको भरोसा जागृत गराउने उपयुक्त औजार भएको पनि बताउनुभयो । शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति नागरिकको भरोसा जागृत गराउने उपयुक्त औजार नै सूचनाको हक भएको उहाँको भनाई छ ।

सूचनाको हक स्थापित गर्न आयोगले सीमित साधनस्रोतबाट पनि कानुनको प्रभावकारी कार्यान्वयनका लागि जिम्मेवार भएर काम गरिरहेको राष्ट्रपति पौडेलको भनाई छ । उहाँले सूचनाको हकको थप प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला निकाय जिम्मेवार हुनुपर्नेमा पनि जोड दिनुभएको छ ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया