धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डौ – राहदानी विभागको विद्युतीय राहदानी प्रणालीमा समस्या आएपछि राहदानी वितरणको प्रक्रिया ठप्प भएको छ । हिजोदेखि नै राहदानी वितरणको सबै काम ठप्प भएको हो ।
विभागले सूचना निकालेर राहदानीको तथ्याङ्क व्यवस्थापनमा समस्या आएका कारण राहदानी विभाग, जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशमा रहेका नेपाली नियोग सबैतिर राहदानीसम्बन्धी काम ठप्प भएको जनाएको छ ।
समस्या समाधानको लागि प्राबिधिकले प्रयास गरिरहेका पनि सूचनामा उल्लेख छ । समस्यापछि तत्कालै राहदानी बनाउनुपर्ने मर्कामा परेका छन् । विभागले आइतवारदेखि कम्तीमा विभागको मुख्यालयबाट सेवा शुरु गर्नेगरी प्रयास भइरहेको जनाएको छ । तर समस्या जटिल रहेकोले केही दिन पनि लाग्न सक्ने परीक्षणमा सहभागी प्राविधिकले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।