जुम्लाको स्थानीय तहमा आक्रमण : गाडी जलाइयो, गाउँपालिका तोडफोड गरियो

 मंसिर २, २०७५ आइतबार १०:५६:४१ | नेत्र शाही
unn.prixa.net

जुम्ला – चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन् । चन्दननाथ नगरपालिकाको प्रांगणमा स्टेण्डमा राखिएको क१ झ१ नम्बरको गाडि राति एक बजे जलाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।  

राति सवा एक बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडीमा आगो लागेको थाहा पाएपछि सबैलाई जानकारी गराउनु भएको थियो । 

उहाँले आफू सुतिरहेको अवस्थामा ढोकामा अज्ञात व्यक्तिले ढक–ढक हान्यो ढोका खोलेर हेर्दा गाडी जलिरहेको बताउनुभयो । त्यसपछि खबर गर्दा स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो ।

जलेको गाडि रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाउनुभयो । नगरपालिकाका मेयर भारत र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्यूटर इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन् । कार्यालयभित्रको लाखौँका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘गाउँपालिका आगजनी गर्न प्रयास गरिएको देखिन्छ । कागजहरु केही जलाएका छन् तर निभेको छ ।

यसैगरी गाउँपालिकामा जडान गरिएको सीसी क्यामरा चुँडेर फालिएको छ । घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गुठचौर पुगेको प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । घटनाको विवरणसहित अनुसन्धान सुरु गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया