धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।
गए राति काठमाण्डाै आएका दुई जना भारतीय नागरिकले लगाएको लुगामा सुनजस्तो देखिने पहेँलो रङको धातुको लेपन गरिएको अवस्थामा फेला परेपछि पक्राउ गरेको विमानस्थल सुरक्षा प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत काठमाण्डाै आएका ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहनकुमार गणेशन पक्राउ परेका एसएसपी शर्माले बताउनुभयाे । सुरेशको लुगासहितको सुनजस्तो देखिने पहेँलो रङको धातुको तौल दुई किलो छ सय ग्राम र मोहनकुमारको लुगासहितको तौल दुई किलो पाँच सय ग्राम हुन आएको उहाँले जानकारी दिनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।