तेस्रो अभ्यास खेलमा नेपाल विनवार्ड्ससँग ७४ रनले पराजित

 जेठ ६, २०८१ आइतबार ८:४८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग ७४ रनले पराजित भएको छ । तीन खेलको शृङ्खलामा पहिलो र दोस्रो खेल जितेको नेपाल गएराति भएको तेस्रो तथा अन्तिम अभ्यास खेलमा पराजित भएको हो ।

जितका लागि दुई सय छ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर दुई बलमा अलआउट भयो । नेपाल एक सय ३८ रनमा समेटियो । कप्तान रोहित पौडेलले ५३ रन बनाए । आशिफ शेखले २४ र सन्दीप जोराले २१ बाहेक नेपालका अरू खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । तेस्रो खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र अविनाश बोहोरा खेलेका थिएनन् ।

त्यसअघि सेन्ट भिसेन्टमा टस जितेर ब्याटिङ गरेको विनवाड्र्सले दुई सय पाँच रन बनाएको थियो । पहिलो खेलमा नेपाल चार विकेट र दोस्रो खेलमा ४९ रनले विजयी भएको थियो । नेपाली टोली आज ह्युस्टन प्रस्थान गर्नेछ । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया