ताइवानमा नयाँ राष्ट्रपतिको कार्यकाल शुरु, धम्की नदिन चीनलाई चेतावनी

 जेठ ७, २०८१ सोमबार १५:१२:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ताइवानमा नवनिर्वाचित राष्ट्रपति विलियम लाईले आफ्नो कार्यभार सम्हाल्नुभएको छ । गएको जनवरी महिनाको दोस्रो हप्ता राष्ट्रपति पदमा निर्वाचित लाईले आज कार्यभार सम्हाल्नुभएको बीबीसीले जनाएको छ ।

कार्यभारको शुभारम्भको अवसरमा सम्बोधन गर्दै उहाँले ताइवानलाई सैनिक र राजनीतिक धम्की नदिन चीनलाई चेतावनी दिनुभयो । उहाँले ताइवानी नागरिकको अभिमतलाई चीनले सम्मान गर्नुपर्ने बताउनुभयो । लाईले मध्य ताइपेईमा रहेको राष्ट्रपति कार्यालयबाहिर जम्मा भएको भीडलाई सम्बोधन गर्नुभएको हो ।

यसअघि उपराष्ट्रपति रहेका विलियमलाई ताइवान स्वतन्त्रता पक्षधर नेता मानिन्छ । यसअघि निर्वाचित भएको दिन समर्थकलाई सम्बोधन गर्दै उहाँले नागरिकले बाह्य दबाबको सफलतापूर्वक प्रतिरोध गरेको बताउनुभएको थियो ।

चीनले ताइवानलाई लामो समयदेखि आफूबाट छुट्टिएको प्रान्तका रूपमा हेर्ने गर्दछ । उसले ताइवानलाई कुनै पनि बेला आफूमा पुनः एकीकरण गरी छाड्ने दृढता व्यक्त गर्दै आएको छ । ताइवान मुद्दालाई लिएर चीन र अमेरिकाबीच पनि सम्बन्ध चिसिएको छ । अमेरिकाले ताइवानलाई भने सैन्य सहायता दिँदै आएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया