चिनियाँ विद्युतीय गाडीमा कर बढाउने अमेरिकी निर्णयकाे एलन मस्कद्वारा विराेध

 जेठ ११, २०८१ शुक्रबार १८:११:५१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकी अर्बपति एलन मस्कले अमेरिकामा चिनियाँ विद्युतीय गाडीमा कर बढाउने निर्णयको विरोध गर्नुभएको छ । केही हप्ताअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनबाट आयात हुने विद्युतीय गाडीमा कर बढाउने घोषणा गर्नुभएको थियो ।

फ्रान्सको पेरिसमा एक सम्मेलनका क्रममा स्याटेलाइट कम्पनी 'स्पेसएक्स' र विद्युतीय गाडी 'टेस्ला' का प्रमुखसमेत रहेका अर्बपति मस्कले न त टेस्ला न त आफूले कर बढाउनका लागि माग गरेको बताउनुभएको बीबीसीले जनाएको छ । यद्यपि जनवरीमा एलन मस्कले व्यापारमा कुनै पनि प्रकारको प्रतिबन्ध नहुँदा चिनियाँ कार निर्माताहरूले अन्य देशका आफ्ना प्रतिस्पर्धीहरूलाई ‘समाप्त’ गरिदिने चेतावनी दिनुभएको थियो ।

चिनियाँ विद्युतीय कार आफ्नो देशमा लोकप्रिय हुँदा आफ्नो देशमा उत्पादित कारको बजार खस्किएको भन्दै अमेरिकाले २५ प्रतिशतबाट बढाएर शतप्रतिशत कर लगाउने घोषणा गरेको थियो । एलन मस्कले अमेरिकाको यो कदमले आफू हैरान भएको बताउनुभएको खबरमा उल्लेख छ । ‘चीनमा कर नलाग्दा टेस्लाले निकै राम्रो गरिरहेको छ’, उहाँले भन्नुभयो ।

चीनले अमेरिकाको कर बढाउने घोषणाको विरोध गरेको छ । चीनले अमेरिकाको यो घोषणाको जवाफमा कदम चाल्ने बताएको छ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया