न्युजिल्यान्डबाट १ सय देशमा पाउडर दूध निर्यात, चीन प्रमुख गन्तव्य

 जेठ ११, २०८१ शुक्रबार १८:२९:८ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

बितेको एक वर्षमा न्युजिल्यान्डले विश्वका एक सयभन्दा बढी देशमा पाउडर दूध निर्यात गरेको छ । सन् २०२३ को अप्रिलदेखि गएको अप्रिलसम्ममा पाँच अर्ब ९१ करोड अमेरिकी डलर बराबरको दूध पाउडर निर्यात भएको न्युजिल्यान्डकाे तथ्याङ्क विभागलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

न्युजिल्यान्डले निर्यात गरेको दूध पाउडरको झन्डै ३० प्रतिशत चीनमा गएको छ । न्युजिल्यान्ड विश्वकै सबैभन्दा धेरै पाउडर दूध निर्यात गर्ने देश पनि बनेको छ । सन् २००८ मा चीनसँग स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर भएपछि चीनमा निर्यात बढेको तथ्याङ्क विभागका अन्तर्राष्ट्रिय व्यापार प्रबन्धक अलास्डेयर एलेनले बताउनुभयो ।

पाउडर दूध न्युजिल्यान्डबाट सबैभन्दा ठूलो मात्रामा विदेश निर्यात हुने वस्तु रहेको तथ्याङ्क विभागले पुष्टि गरेकाे खबरमा उल्लेख छ । न्युजिल्यान्डकाे दूध पाउडर निर्यात मूल्य बढ्दै गए पनि सन् २०१४ देखि डेरी र गाईवस्तुको सङ्ख्या क्रमशः घट्दै गएको छ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया