चिप युद्धमा अरूलाई ‘उछिन्न’ चीनले साढे ४७ अर्ब डलरको कोष स्थापना गर्‍याे

 जेठ १४, २०८१ सोमबार १८:२९:१५ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

चीनले विद्युतीय 'चिप' उद्योगलाई बढावा दिन साढे ४७ अर्ब डलरको कोष स्थापना गरेको छ । दक्षिण कोरियाले चिप उद्योगलाई सहयोग गर्न १९ अर्ब डलरको कोष बनाएको एक हप्ता नबित्दै चीनले साढे ४७ अर्ब डलरको कोष स्थापना गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

चिप उद्योगलाई सहयोग र बढावा दिन चीनले बनाएको यो तेस्रो कोष हो । चिनियाँ राष्ट्रपति सी जिनपिङले चिप उत्पादनमा देशलाई आत्मनिर्भर बनाउन र ठूलो मात्रामा निर्यात गर्ने योजनाका साथ काम गर्न निर्देशन दिएअनुसार कोष स्थापना गरिएको खबरमा उल्लेख छ ।

अहिले संसारमा ‘चिप युद्ध’ चलिरहेको र यसमा अरूलाई उछिन्ने अभियानमा रहेको चीनले जनाएको छ । संसारभर चिनियाँ चिपको दबदबा बढेपछि अमेरिकाले सुरक्षालगायतका कारण देखाएर चिनियाँ चिपको आयात रोकिदिएको छ । जापान, दक्षिण कोरियालगायतका आफ्ना मित्र देशहरूलाई पनि अमेरिकाले चिनियाँ चिपको आयात र प्रयोग कम गर्न घुमाउरो बाटोबाट दबाब दिइरहेको छ ।

तर चीन भने चिप उत्पादनमा आक्रामक हुने देखिएको छ । यसअघि सन् २०१४ मा एक खर्ब ३८ अर्ब र सन् २०१९ मा दुई खर्ब चार अर्ब युआनको कोष बनाएर चीनले चिप उद्योग र उत्पादनलाई सहयोग गरेको थियो ।

हरेकजसो विद्युतीय सामग्रीमा चिपको प्रयोग हुन्छ । केही समयअघि केही अमेरिकी कम्पनी चिपको अभावमा समस्यामा परेका समाचार आएका थिए ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया