चिनियाँ पर्यटक भित्र्याउन बेइजिङ र छेन्दुमा 'नेपाल प्रवर्द्धनात्मक कार्यक्रम'

 जेठ १८, २०८१ शुक्रबार १८:२५:२३ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चिनियाँ पर्यटक भित्र्याउने उद्देश्यका साथ होटल सङ्घ नेपाल (हान) ले चीनका विभिन्न शहरमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको छ ।

चिनियाँ पर्यटक भित्र्याउने, नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने लक्ष्यका साथ यही जेठ १९ देखि २५ गतेसम्म बेइजिङ र छेन्दुमा नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्न लागेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष विनायक शाहले चीनबाट बढीभन्दा बढी पर्यटक नेपालमा भित्र्याउने र उनीहरूलाई यहाँ आउन आकर्षित गर्ने लक्ष्यका साथ पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्न लागेको बताउनुभयो । उहाँका अनुसार नेपाल 'डेस्टिनेसन वेडिङ' का रूपमा भारत र चीनको रोजाइमा पर्ने गरेको छ । नेपालमा पर्यटन भित्र्याउन सबै हिसाबले तयार छौँ भन्ने सन्देश दिनका लागि प्रवर्द्धनात्मक कार्यक्रम गर्न लागेको शाहको भनाइ छ ।

कोभिड–१९ महामारीपछि पहिलो पटक हुन लागेको यस कार्यक्रमको होटल सङ्घ नेपालका अध्यक्ष शाहको नेतृत्वमा सातै प्रदेशका ७५ सदस्य होटल सम्मिलित नेपाली प्रतिनिधिमण्डल भोलि चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

बेइजिङ र छेन्दुमा होटल सङ्घ नेपाल र समकक्षी चाइना होटल सङ्घ तथा आर्थिक तथा पर्यटन गतिविधिसँग संलग्न सङ्घ–संस्थाबीच तालिम, प्रशिक्षणका साथै दुई पक्षीय पर्यटन प्रवर्द्धनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम पनि रहेको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया