धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
म्याग्दी – म्याग्दीको रणनीतिक महत्त्वको बेनी–दरबाङ सडक आयोजनाको दोस्रो खण्ड सिम–लाम्पाटामा कालोपत्र गर्ने काम शुरु भएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत–बाबियाचौर–लाम्पाटा–पानाबगर–रणवाङको सिमानासम्म सडक कालोपत्र गर्न शुरु गरेको हो ।
कार्यालयका सडक इञ्जिनियर सञ्जय सुवेदीले सडक फराकिलो पार्ने, नाली, पर्खाल निर्माण गर्ने, सब बेस र बेस बिछ्याउने काम सकेर कालोपत्र गर्न सिमतर्फबाट प्राइम कोट (बिटुमिन) बिछ्याउन थालेकाे जानकारी दिनुभयो । २०६१ सालमा खुलेको सडक दुई दशकपछि कालोपत्र गर्ने तयारी भएको हो ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलकाअनुसार सिमदेखि पानाबगर खण्डको तीन किमी आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ साल पुस १८ गते अमर–ओमबुद्ध जेभीसँग १० करोड ७० लाख २१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडकलाई आड मिटर फराकिलो बनाएर र सात मिटर चौडाइका दरले डीबीएसडी प्रविधिको कालोपत्र गर्न लागेको ओमबुद्ध निर्माण कम्पनीका प्रतिनिधि डम्मर सापकोटाले बताउनुभयो ।
तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीको विवादले करिब एक सय मिटरमा कालोपत्र गर्न र संरचना निर्माणलाई अन्तिम रुप दिन नपाएको उहाँले बताउनुभयो । अठार महिनाको ठेक्का अवधि रहेको सडक तीन वर्षमा सम्पन्न हुन लागेको हो । चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ बजेट विनियोजन भएको यो खण्डको भौतिक प्रगति ६८ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
थप बजेट व्यवस्थापनका लागि कार्यालयले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा पहल गरेको छ । २४ किलोमिटर दूरीको बेनी–दरबाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र मार्ग हो । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा २०६३ सालमा सडक पुगेको थियो ।
बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने बेनी–दरबाङ सडकको पहिलो १२ दशमलव पाँच किलोमिटर दूरीको बेनी–सिम खण्डमा दुई वर्षअघि कालोपत्र भएको थियो । सडक खण्डको अलिहेसम्म करिब ७३ प्रतिशत भौतिक प्रगति भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।