चीनको अन्तरिक्षयान चन्द्रमाको अदृश्य क्षेत्रमा अवतरण

 जेठ २०, २०८१ आइतबार १२:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

चीनले पठाएको अन्तरिक्षयान चन्द्रमाको अदृश्य क्षेत्रमा अवतरण गरेको छ । चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए) ले मे ३ अर्थात् एक महिनाअघि पठाएको 'चाङ ई–सीक्स' आज बिहान चन्द्रमामा अवतरण गरेको बीबीसीले जनाएको छ ।

यसअघि चन्द्रमाको अदृश्य भागमा कसैले पनि यान पठाएका छैनन् । पृथ्वीले आफ्नो कक्षमा घुम्न लगाउने समय र चन्द्रमा आफ्नो अक्षमा घुम्न लाग्ने समय बराबर हुने भएकोले पृथ्वीबाट चन्द्रमाको एकै भागमात्र देखिन्छ ।

पृथ्वीबाट नदेखिने चन्द्रमाको धेरै भागमा पनि सूर्यको प्रकाश पुग्छ । तर त्यो भागको विस्तृत रहस्य खोतल्न वैज्ञानिक असफल रहँदै आएका छन् । त्यही रहस्य खोज्नका लागि चीनले यान पठाएको हो ।

चिनियाँ अन्तरिक्ष यानले त्यस भागको भू–सतह तथा माटो र चट्टानको बनोटको प्रकृति विश्लेषण गर्न मद्दत पुर्‍याउने वैज्ञानिकको आशा छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया