बेलायतबाट अमेरिका जाँदै गरेको ब्रिटिश एअरवेजको जहाज ९ घण्टा उडेर फर्कियो

 जेठ ३२, २०८१ शुक्रबार १२:२६:५७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बेलायतकाे लन्डनबाट अमेरिकाको टेक्सास जाँदै गरेको ब्रिटिस एअरवेजको बोइङ ७८७–९ ड्रिमलाइनर उडान ९ घण्टाको यात्रापछि त्यही ठाउँमा फर्किएको छ । तीन सय यात्रु बोकेर उडेको जहाजमा क्यानडाको हवाई क्षेत्रमा पुग्दा केही प्राविधिक समस्या आएपछि फेरि लन्डनकाे हिथ्रो विमानस्थल नै फर्काइएको द न्युयोर्क पोस्टले जनाएको छ ।

यात्रु सबै सकुशल रहेका छन् । सामान्य अवस्थामा उडानलाई लन्डनबाट टेक्सास पुग्न १० घण्टा १५ मिनेट लाग्छ । ब्रिटिस एअरवेजले विमानमा सामान्य प्राविधिक त्रुटि भएको भन्दै यसलाई मर्मत गर्ने सुविधा लन्डनको कम्पनीमा मात्र उपलब्ध भएकाले बेलायत नै फिर्ता ल्याएको जनाएको छ ।

ब्रिटिस एअरवेजले विज्ञप्ति निकालेर यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमा मागेको छ ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया