काठमाण्डाै उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने

 जेठ ३२, २०८१ शुक्रबार १८:५५:५६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै उपत्यकालगायत बाग्मती प्रदेशका केही ठाउँमा भाेलि शनिवारदेखि मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशको पूर्वी क्षेत्र कोशी प्रदेशमा मनसुन सक्रिय भई वर्षा शुरु भए पनि बाँकी भू-भागमा मनसुन सक्रिय हुन समय लागेको महाशाखाको भनाइ छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले अहिले देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको र बाँकी भू-भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेकाले अन्य क्षेत्रमा मनसुन सक्रिय हुन नसकेको बताउनुभयो ।

‘कोशी प्रदेशका धेरैजसाे क्षेत्रमा मनसुनको प्रभाव देखिएको छ, नेपालमा पूर्वी भागमा मनसुन शुरु भएको एक हप्तापछि पश्चिम भागमा भित्रिसक्नुपर्ने हो तर भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावलगायतका कारण पश्चिममा मनसुन सक्रिय हुन समय लागेको हो’, उहाँले भन्नुभयो ।

महाशाखाका अनुसार आज कोशी प्रदेशका केही ठाउँमा साधारणतया बदली, मधेश प्रदेश र बाग्मती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ ।

कोशी प्रदेशको केही ठाउँ तथा बाग्मती प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया