मनसुनी वायु पूर्वबाट पश्चिम सर्ने क्रममा, मधेश र बाग्मतीमा आंशिक प्रभाव

 असार १, २०८१ शनिबार ६:४१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – पाँच दिनसम्म पूर्वी क्षेत्रमै सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको मौसमविद सरोज पुडासैनीले जानकारी दिनुभयो । मनसुनी वायुकै प्रभावले बाग्मती प्रदेशका अरु ठाउँ र काठमाण्डौको आकाशमा बादल देखिएको उहाँले बताउनुभयो ।

मौसमविदकाअनुसार मनसुनी वायु भित्रिनेबित्तिकै पानी पर्छ भन्ने हुँदैन । तर आज दिउँसो कोशी र बाग्मती प्रदेशका केही ठाउँ तथा मधेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले कोशी र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुकै प्रभावले वर्षा भएको मौसमविद पूडासैनीले जानकारी दिनुभयो । मनसुन पश्चिमतिर पुग्न भने अझै केही दिन लाग्नेछ ।

त्यसैले लुम्बिनी र सुदूरपश्चिम प्रदशेका तराई भेगमा अझै केही दिन गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि पश्चिम तराईका धेरै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । नेपालमा यसपटक औसत समयभन्दा तीन दिन छिटो जेठ २८ गते मनसुन भित्रिएको हो ।

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया