जी–सेभेन नेताको अर्को शिखर सम्मेलन क्यानडामा हुने

 असार २, २०८१ आइतबार ६:५३:४७ | एजेन्सी
unn.prixa.net

एजेन्सी

विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात मुख्य देशको समूह जी–सेभेनको अर्को शिखर सम्मेलन क्यानडामा हुने भएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडाले जी–सेभेन नेताको अर्को शिखर सम्मेलन कानानास्किस अल्बर्टामा सन् २०२५ मा आयोजना गर्ने घोषणा गर्नुभएको हो ।

क्यानडाले शिखर सम्मेलन आयोजना गर्ने यो सातौँ पटक हुनेछ । इटालीमा शुक्रवार र शनिवार गरी दुई दिनसम्म चलेको शिखर सम्मेलन समापन भएको छ । यो सम्मेलनमा युक्रेनका लागि ५० अर्ब डलर ऋण सहयोग जुटाउनका लागि रोक्का गरिएको रुसको सम्पत्ति प्रयोग गर्ने विषयमा सहमति जुटेको थियो ।

यो ऋण सहयोग युक्रेनले रुससँगको युद्धमा प्रयोग गर्नेछ । तर रुसले यो ऋण सहयोगको सहमतिलाई लिएर नतिजा 'निकै पीडादायी' हुने चेतावनी दिएको छ । जी–सेभेनमा क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका छन् ।

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया