भारतको पश्चिम बङ्गालमा बर्ड फ्लूको कुनै जोखिम छैन : स्वास्थ्य अधिकारी

 असार २, २०८१ आइतबार ९:१४:५७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतको पूर्वी राज्य पश्चिम बङ्गालका स्वास्थ्य अधिकारीले 'एभियन इन्फ्लुएन्जा' वा बर्ड फ्लूको प्रकोपको कुनै खतरा नरहेको बताएका छन् । उनीहरुले आत्तिनुपर्ने कारण नरहेको र मानिस वा चराबाट बर्ड फ्लू सर्ने नयाँ घटना नदेखिएको बताएका छन् । कुखुरा, अण्डा र हाँसको मासु तथा उत्पादनको उपभोगमा कुनै प्रतिबन्ध नरहेको पनि जानकारी दिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्वास्थ्य विभागका अनुसार मालदा जिल्लामा एक बच्चालाई गएको जनवरीमा 'एभियन इन्फ्लुएन्जा' पत्ता लागेको थियो । चार वर्षका ती बालकलाई 'एच–९ एन–२' भाइरसबाट हुने बर्ड फ्लूको सङ्क्रमण देखिएको थियो । केस पत्ता लागेपछि स्वास्थ्य विभागले परिवारका सदस्य र अन्य व्यक्तिको निगरानी गरेको थियो । तर कसैमा पनि भाइरसको सङ्क्रमण देखा नपरेको स्वास्थ्य अधिकारीको भनाइ छ ।

सन् २०१९ मा पहिलो पटक भारतबाट विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) लाई सूचित गरिएको एभियन इन्फ्लुएन्जा (एच–९ एन–२) को यो दोस्रो मानव सङ्क्रमण हो । त्यसैअनुसार डब्लूएचओले हालै पश्चिम बङ्गालमा बर्ड फ्लूको एक मानव केसको पुष्टि गरेको थियो । सङ्क्रमण भएका ती बच्चा निको भएको र तीन महिनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको खबरमा उल्लेख छ ।  

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया