युरो कप फुटबलमा आज तीन खेल हुँदै

 असार २, २०८१ आइतबार १२:३६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – युरो कप फुटबलमा आज तीन खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे पोल्यान्ड र नेदरल्यान्ड्स, राति पौने १० बजे स्लोभेनिया र डेनमार्क तथा राति पौने १ बजे सर्विया र इंग्ल्यान्ड खेल्दैछन् ।

यसअघि स्पेन, इटाली, स्विट्जरल्यान्ड र आयोजक जर्मनीले विजयी शुरुवात गरेका छन् । गए राति भएको खेलमा स्पेनले क्रोएसियालाई ३–०, इटालीले अल्वानियालाई २–१ र हिजो बेलुका भएको खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ३–१ ले गोलले हराएको हो । जितसँगै समूह 'ए' को स्विट्जरल्यान्डको तीन अङ्क भएको छ ।

यसै समूहमा रहेको आयोजक जर्मनीले उद्घाटन खेलमा स्कटल्यान्डलाई हराउँदै विजयी शुरुवात गरेको थियो । उसको पनि तीन अङ्क नै रहेको छ ।

त्यस्तै समूह 'बी' का स्पेन साविक विजेता इटालीको पनि समान तीन अङ्क भएको छ । जर्मनीले आयोजना गरेको १७ औँ संस्करणको युरो कप आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । २४ वटा टोलीलाई छ वटा समूहमा विभाजन गरिएको छ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया