युक्रेन शिखर सम्मेलनमा पुटिनको शान्ति सर्तको आलोचना

 असार २, २०८१ आइतबार १२:५४:४६ | एजेन्सी
unn.prixa.net

एजेन्सी

इटाली र जर्मनीका नेताले युक्रेनमा युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राखेको युद्धविरामका सर्तलाई आलोचना गरेका छन् ।

यसअघि पुटिनले युक्रेनसँगको युद्ध रोक्न युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन र जापोरिजियाबाट आफ्ना सेना फिर्ता लिनुपर्ने र युक्रेन नेटोमा सामेल नहुने ग्यारेन्टी गरे युद्ध रोकेर शान्ति वार्ता गर्न रुस तयार रहेको बताउनुभएको थियो ।

स्विट्जरल्याण्डमा दुई दिने शिखर सम्मेलनका क्रममा द्वन्द्व अन्त्य गर्न शीर्ष नेता भेला भएका छन् । छलफलमा इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले रुसी राष्ट्रपतिको योजनालाई 'प्रचार' को संज्ञा दिनुभयो । जर्मन चान्सलर ओलाफ स्कोल्जले पुटिनको कदम तानाशाही शान्ति भन्दै टिप्पणी गर्नुभयो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले रुसलाई हतियार आपूर्तिमा सहयोग गर्ने देश इतिहासको गलत पक्षमा उभिएको दाबी गर्नुभयो ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री येर्माकले स्विस सम्मेलनमा स्वतन्त्रता, सार्वभौमसत्ता वा क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

कार्यक्रममा ९० वटाभन्दा धेरै देश र विश्व संस्था सहभागी छन् । तर सम्मेलनमा रुस सहभागी छैन । रुसको प्रमुख सहयोगी देश चीनको पनि उपस्थिति छैन ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया