युराे कपमा आज तीन वटा खेल, बेलुकी पाैने ७ बजे राेमानिया र युक्रेन खेल्दै

 असार ३, २०८१ सोमबार १८:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – यूईएफए युरो कप फुटबलमा आज राति तीन वटा खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘ई’ का रोमानिया र युक्रेन खेल्दैछन् । यो खेल बेलुकी पौने ७ बजे म्युनिखमा रहेको अलिनाज एरिनामा हुनेछ ।

यस्तै दोस्रो खेलमा समूह ‘ई’ कै बेल्जियम र स्लोभाकिया खेल्दैछन् । यो खेल राति पौने १० बजे फ्र्याङ्कफर्ट स्टेडियममा हुनेछ । यस्तै अर्काे खेलमा अस्ट्रिया र फ्रान्स खेल्दैछन् । यो खेल राति पौने १ बजे मेरकुर स्पेल एरिनामा हुनेछ ।

गएको शुक्रवारदेखि शुरु भएको १७ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगितामा २४ वटा टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ । प्रतियोगिताभरि १० वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनेल खेल बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया