काठमाण्डौसहित केही ठाउँमा आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

 असार ४, २०८१ मंगलबार ९:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी, मधेश र कोशी प्रदेशका केही ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । यी ठाउँमा आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद प्रतिभा मानन्धरकाअनुसार कोशी प्रदेशमा मनसुनी वायुको प्रभावले पानी परेको हो भने अरु ठाउँमा मनसुनी वायुसँगै स्थानीय वायु र पश्चिमी वायुको मिश्रित प्रभाव परेको छ ।

नेपालमा मनसुन भित्रिएको एक हप्ता बितिसक्दा पनि सक्रिय हुन सकेको छैन । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक हप्ताभन्दा बढी समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी वायु कोशीबाट पश्चिमतिर बिस्तारै सर्ने क्रममा रहेको मौसमविदले बताएका छन् । पानी पर्न थालेपछि काठमाण्डौसहित मध्य र पूर्वी भेगको तापक्रम घट्न थालेको छ । तर मध्य तथा पश्चिम तराईमा भने अझै केही दिन अध्याधिक गर्मीको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ । पश्चिम तराईका धेरैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि नै छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया