इलामको फाकफोकथुममा छ वटा सिँचाइ आयोजना निर्माण

 असार ५, २०८१ बुधबार १२:३६:४७ | रासस
unn.prixa.net

तस्बिर : रासस

इलाम – इलामको फाकफोकथुम गाउँपालिकामा चार करोड १९ लाख ८२ हजार रुपैयाँको लागतमा ६ वटा सिँचाइ आयोजना निर्माण भएका छन्। चालु आर्थिक वर्षमा सञ्चालित आयोजनाको काम अन्तिम चरणमा पुगेको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ ।

आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण  भएका छन् । फाकफोकथुम गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नम्बर ६ बाहेक सबै वडामा एक–एकवटा सिँचाइ कुलो निर्माण भएको छ । आयोजना सम्पन्न भएपछि फाकफोकथुमका ६ वटा वडाका खेतबारीमा बाह्रै महिना पानी पुग्नेछ ।

आयोजनाबाट दुई सय १७ हेक्टर क्षेत्र सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास छ । फाकफोकथुममा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मुला, काउली, सिमीको व्यावसायिक खेती हुँदै आएको छ ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया