गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना

 असार ७, २०८१ शुक्रबार ८:१६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेस र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ  ।

गण्डकी प्रदेशका  एक–दुई ठाउँमा ठूलो वर्षा र अन्यत्र पनि मध्यम वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मनसुन सक्रिय भएर पानी पर्न थालेपछि देशभर गर्मी घटेको छ । अस्ति बुधवारदेखि लुम्बिनी र सुदूरपश्चिममासमेत पानी पर्न थालेपछि पश्चिम तराईमा पनि गर्मी कम भएको छ । धनगढी, नेपालगञ्ज, दिपायल, वीरेन्द्रनगर, घोराही, डढेलधुराको तापक्रममा उच्च गिरावट आएको छ ।

पश्चिम तराईका विभिन्न ठाउँमा अस्ति बुधवारसम्म ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएकोमा हिजो देशका सबै ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा तल झरेको छ । अस्ति बुधवार धनगढीको तापक्रम ४२ दशमलव ३ डिग्री सेल्सियस रहेकोमा हिजो ३८ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।

नेपालगञ्जको तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियसबाट ३५ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । वीरेन्द्रनगरको तापक्रम पनि ४० दशमलव १ डिग्री सेल्सियसबाट ३५ दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यस्तै घोराहीको तापक्रम ३८ दशमलव ४ डिग्री सेल्सियसबाट ३२ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ ।

मनसुन लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म पुगेको र पर्सि आइतवारसम्म देशभर फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया