काठमाण्डौबाट दिल्ली जाँदै गरेको बसबाट झन्डै पाैने तीन करोड रुपैयाँको 'भेप' बरामद

 असार ७, २०८१ शुक्रबार १५:३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – प्रहरीले मकवानपुरको हेटौँडाबाट झन्डै पौने तीन करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित पाँच जनालाई पक्राउ गरेको छ ।

काठमाण्डाैबाट दिल्ली जाँदै गरेको ना ६ ख ७१६३ नम्बरकाे बसबाट ५८ प्याकेट भेपसहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिनुभयो । भेपको मूल्य दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ बराबर छ ।

पक्राउ पर्नेहरूमा बस चालक दोलखाको भीमेश्वर नगरपालिका–२ का कासलाम मोक्तान, सहचालक उदयपुरको कटारी नगरपालिका–११ का प्रविन्द्र राना, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ का इन्द्रबहादुर दर्जी, सन्तोष भुसाल र धनकुटाको बेलारा नगरपालिका–१६ का राजकुमार हिमाङ रहेका छन् ।

एसपी रिजालका अनुसार बसमा यात्रुको सिटमाथि सिलिङको भागमा 'फल्स बटम' बनाएर त्यसभित्र भेप राखेको पाइएको छ । यो बस नियमित काठमाण्डौ–दिल्ली चल्ने नभई केही व्यक्तिले एक महिनाअघि मात्रै यात्रुलाई भारत घुमाउने भन्दै काठमाण्डाैमा रहेको भारतीय दूतावासबाट 'रोड पर्मिट' लिएको पाइएको एसपी रिजालले बताउनुभयो ।

बरामद भएको भेपसहित पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाएको एसपी रिजालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया