चीनमा बाढी : ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुग्यो

 असार ८, २०८१ शनिबार ६:३१:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : सिन्ह्वा

चीनमा मुसलधारे वर्षाका कारण बाढी आउँदा ज्यान गुमाउनेको सङ्ख्या ३८ जना पुगेको छ । दक्षिण चीनको गुआङडाेङ प्रान्तमा यो हप्ताको मुसलधारे वर्षा र बाढीबाट ज्यान गुमाउनेकाे सङ्ख्या ३८ जना पुगेको विपद्मा सक्रिय अधिकारीलाई उद्धित गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बाढी र पहिरोबाट हजारौँ घर र सडक क्षतिग्रस्त भएका छन् । केही क्षेत्रमा यो हप्ता शताब्दीकै ठूलो बाढी आएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीमा फसेका मानिसहरूको खोजी र उद्धार कार्य भइरहेको छ ।

मुसलधारे वर्षाबाट ५५ हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् । जलवायु परिवर्तनले ठूलो वर्षा र 'लू' जस्ता चरम मौसमी प्रतिकूल अवस्था निम्ताएको विज्ञले बताएका छन् ।

हरित गृह ग्यास जलवायु परिवर्तनको प्रमुख कारण हो र चीन विश्वको सबैभन्दा ठूलो हरित गृह ग्यास उत्सर्जक हो । चरम मौसमी प्रभाव कम गर्नेतर्फ तत्काल आवश्यक कदम चाल्नुपर्नेमा पनि विज्ञको जोड छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया