मनसुन देशभर फैलिन अझै केही दिन लाग्ने, लुम्बिनीको पूर्वी क्षेत्रसम्म प्रभाव

 असार ८, २०८१ शनिबार ९:३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – १२ दिनअघि पूर्वबाट भित्रिएको मनसुन लुम्बिनी प्रदेशसम्म फैलिएको छ । कर्णाली र सुदूरपश्चिममा पनि मनसुन अनुकूल वातावरण बन्दै गएको तर सबैतिर फैलिन अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार मनसुन कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशको धेरै भू–भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म फैलिएको छ । अहिले मनसुनी वायु र पश्चिमी वायुको प्रभावले कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा हल्कादेखि पूर्णतया बदली छ भने बाँकी ठाउँमा आंशिक बदली छ ।

महाशाखाका अनुसार बिहान गण्डकी प्रदेशका केही भू–भाग तथा बाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भएको छ । आज दिउँसो बाग्मती, गण्डकी  र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो गण्डकी प्रदेशका एक/दुई ठाउँमा र राति लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया