मनसुनी प्रणाली देशभर फैलियो

 असार १०, २०८१ सोमबार १४:४१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मनसुनी प्रणाली देशभरि फैलिएको छ । जुन १० तारिख अर्थात् गएको जेठ २८ गते देशको पूर्वी भू–भागबाट नेपाल प्रवेश गरेको मनसुनी प्रणाली देशभर फैलिएको मौसम पूर्वानमान महाशाखाले विशेष बुलेटिन निकालेर जानकारी गराएको हो ।

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो प्रवेश गरेको भए पनि देशभर फैलन १५ दिन लागेको छ । मनसुन भित्रिएको एक हप्ताभन्दा लामो समयसम्म देशको पूर्वी क्षेत्रमा मात्रै सक्रिय रहेको थियो । असार ६ गते कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका धेरैजसो भू–भागमा र लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा सक्रिय भएको मनसुन अब कर्णाली र सुदूरपश्चिम प्रदेश तथा लुम्बिनीको पश्चिमी क्षेत्रमा पनि पुगेको हो ।

नेपालमा मनसुनी वायु पूर्वी क्षेत्र हुँदै प्रवेश गरी पश्चिमी क्षेत्रतिर फैलिन्छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको जनाएको छ । यस वर्ष खासगरी जुलाई र अगस्टमा बढी पानी पर्ने सम्भावना रहेको विभागका मौसमविद् सुदर्शन हुमागाईंले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया