चन्द्रमाको अदृश्य भागबाट माटो र पत्थरका नमूना लिएर चिनियाँ अन्तरिक्षयान पृथ्वीमा फर्कियो

 असार ११, २०८१ मंगलबार १८:२९:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चिनियाँ अन्तरिक्षयानले चन्द्रमाको पृथ्वीतर्फ नफर्किने भागबाट माटो र पत्थरका नमूना ल्याएको छ । आज मङ्गोलियाको मरुभूमिमा अवतरण गरेको यानले चन्द्रमामा यसअघि अन्वेषण नगरिएको क्षेत्रबाट माटो र पत्थरका दुर्लभ नमूनाहरू सङ्कलन गरेर ल्याएको बीबीसीले जनाएको छ ।

५३ दिन लामो यात्रा पूरा गरेर चिनियाँ अन्तरिक्षयान 'चाङ्ग अ सिक्स' पृथ्वीमा फर्किएको हो । चन्द्रमाबाट सङ्कलन गरिएका ती नमूनाहरूले ग्रहहरूको उत्पत्तिबारे महत्त्वपूर्ण प्रश्नको उत्तर दिन सक्ने वैज्ञानिकहरूको अपेक्षा छ । त्यहाँ बरफ हुन सक्ने भएकाले त्यसबाट पानी, अक्सिजन र हाइड्रोजन निकाल्न सकिने सम्भावना रहेको वैज्ञानिकहरू बताउँछन् ।

'चाङ्ग–अ सिक्स' चीनले चन्द्रमामा पठाएको छैटौँ र चन्द्रमामाको पृथ्वीबाट नदेखिने भागमा पठाएको दोस्रो अभियान हो । सुदूर भाग भनिने चन्द्रमाको अदृश्य भागमा अहिलेसम्म चीन मात्रै पुगेको छ । त्यो भाग कहिल्यै पनि पृथ्वीपट्टि फर्किँदैन । अन्तरिक्षयानलाई त्यहाँ पुग्न दूरी र त्यहाँको अप्ठ्यारो धरातलका कारण प्राविधिक चुनौती हुने वैज्ञानिकहरू बताउँछन् । त्यो भागमा ठूल्ठूला खाडलहरू र थोरै समथर जमिन छ ।

चिनियाँ मिथकमा चन्द्रमा देवी हुन् र उनको नाम 'चाङ्ग अ' हो । त्यही नामबाट चीनले अन्तरिक्ष अभियान चलाइरहेको छ । चीनले सन् २०३० भित्र मानवसहितको अन्तरिक्षयान चन्द्रमामा पुर्‍याउने लक्ष्य राखेको छ ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया