२ कराेड रुपैयाँ लुटेकाे आराेपमा प्रहरी हबल्दारसहित ४ जना पक्राउ

 असार ११, २०८१ मंगलबार १८:६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भक्तपुरको दधिकोटका डिल्लीराज राउतको दुई करोड रुपैयाँ लुटपाटमा संलग्न रहेको आराेपमा प्रहरी हबल्दारसहित चारजना पक्राउ परेका छन् ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीका अनुसार ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–३ घर भई अहिले ललितपुर बस्ने मोनाराज राई, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का भीमबहादुर तामाङ, बाह्रबिसे नगरपालिका–२ का सुजन रसाइली र भोटेकोशी–२ घर भई अहिले नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगञ्ज’ मा कार्यरत प्रहरी हबल्दार कृष्णबहादुर बोहरालाई पक्राउ गरिएको हो ।

उनीहरूले यही असार ४ गते आफूहरू नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबीमा) आबद्ध रहेको बताउँदै राउतको घरभित्र प्रवेश गरी धम्क्याएर दराजमा राखेको दुई करोड रुपैयाँ लुटेर फरार भएका थिए ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया