१३ करोड रुपैयाँभन्दा धेरै ठगी गर्ने ६ जना पक्राउ

 असार ११, २०८१ मंगलबार १८:२४:२२ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक शटर हस्तान्तरण गर्ने भनेर विभिन्न व्यक्तिबाट १३ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने छ जना सञ्चालकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्याङ्जाका शान्तिरमण पङ्गेनी, काठमाण्डाैका नरेन्द्र बज्राचार्य, राजु महर्जन, ललितपुरका राजेशकृष्ण श्रेष्ठ, पाल्पाका निरञ्जनकुमार श्रेष्ठ र कास्कीका चिरञ्जीवी पौडेल रहेका प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले उनीहरूले कलङ्की डेभलपर्स र मिला ल्यान्ड डेभलपमेन्ट प्रालीमार्फत कलङ्की ट्रेड सेन्टर निर्माण गरी व्यापारिक शटर हस्तान्तरण गर्ने भनी ठगी गरेकाे जानकारी दिनुभयो ।

पक्राउ परेका छ जनालाई जिल्ला अदालत काठमाण्डाैबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया