मनसुन सक्रिय भएसँगै वर्षाजन्य विपद्का घटना बढे, यो हप्ता देशका सबैजसो ठाउँमा पानी पर्ने

 असार १२, २०८१ बुधबार १५:२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरीको इनरुवामा कुरुवा खोलामा आएको बाढीले जलमग्न भएको सडक । तस्बिर : नवीन गड्तौला/रासस

काठमाण्डाै – मनसुनी प्रणाली सक्रिय भएसँगै भएको वर्षाले देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानजस्ता विपद्का घटनाहरू बढेका छन् ।

गृह मन्त्रालयका अनुसार विशेषगरी कोशी, मधेश र गण्डकी प्रदेशका विभिन्न ठाउँहरूमा पहिरो र डुबानका घटनाहरू देखिएका छन् । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा गए राति पहिरो खस्दा पुरिएका एकै परिवारका चार जनाको शव भेटिएको छ । ओखलढुङ्गामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । माेरङकाे विराटनगर महानगरपालिकाका कैयौँ घर डुबानमा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले देशैभरिका विभिन्न खोला तथा नदीहरूमा पानीको सतह बढिरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पानी मोरङमा परेकाे छ । देशभर रहेका एक सय ७० वटा वर्षा मापन केन्द्रको विवरणअनुसार सबैभन्दा धेरै मोरङको विराटनगर विमानस्थल केन्द्रमा तीन सय ६१ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बितेको २४ घण्टामा एक सय ४७ वटा केन्द्रमा वर्षा भएको छ । वर्षा मापन गरिएका केन्द्रमध्ये दुई वटा केन्द्रमा दुई सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । ११ वटा केन्द्रमा एक सय  मिलिमिटरभन्दा बढी र ३३ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ । विभागका अनुसार यो हप्ताभरि नै देशका सबैजसो ठाउँमा वर्षा हुने सम्भावना छ ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया