बिहेकाे बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक जना महिला पक्राउ

 असार १३, २०८१ बिहीबार १८:८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बिहेकाे बहानामा चीन पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । उनले आफूले पनि चिनियाँ नागरिकसँग विवाह गरेको भन्दै फेसबुक मेसेन्जरमार्फत एक महिलासँग कुराकानी गरेको थिइन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आउँदा राम्रो सेवा सुविधा पाउने प्रलोभनमा पारेर उनले ती महिलालाई ठमेलमा चिनियाँ नागरिकसँग भेट गराइदिएकी प्रहरीले जनाएको छ ।

ती महिलालाई गएको फागुनमा भिजिट भिसामा चीन पुर्‍याएको र चिनियाँ नागरिकको घरमा बन्धक बनाई श्रम तथा यौन शोषण गरेको पाइएको ब्युरोले जनाएको छ । महिलालाई बन्धक बनाएर राखेको खुलेपछि चीनमा रहेको नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्धार गरी नेपाल फर्काइएको ब्युरोले जनाएको छ ।

नेपाल फर्किएर पीडितले जाहेरी दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो । घटनामा संलग्न चिनियाँ नागरिक र अरू व्यक्तिको खोजी भइरहेको ब्युरोले जनाएको छ ।

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया