नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका प्रतीक थापा पक्राउ

 असार १५, २०८१ शनिबार ६:४७:८ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डौ – नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त प्रतीक थापा पक्राउ परेका छन् । पूर्व गृहमन्त्री एवम् एमालेका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीकलाई हिजो बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गएको वर्ष सरकारी वकिलको कार्यालय काठमाण्डौले थापालाई फरार सूचीमै राखेर यो अपराधमा संलग्नविरुद्ध अदालतमा मुद्दा दायर गरेको थियो ।

बाबु रामबहादुर थापा गृहमन्त्री भएका बेला विचौलिया र गृह मन्त्रालयकै कर्मचारीसँग मिलेर प्रतीकले शरणार्थी प्रकरणमा असुली धन्दा चलाएको अनुसन्धानबाट खुलेको थियो । अघिल्लो वर्ष चैतमा शरणार्थी प्रकरणका केही आरोपित पक्राउ परेपछि थापा फरार भएका थिए ।

प्रतीकले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन सहयोग गर्न भन्दै विचौलियाबाट एक करोड रुपैयाँ लिएको तथ्य अनुसन्धानका क्रममा खुलेको थियो ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया