ललितपुरको लालीगुराँस सहकारीका सीईओ सुरेन्द्र भण्डारी पक्राउ

 असार १५, २०८१ शनिबार १५:२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – ललितपुरको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति उनलाई काठमाण्डाैकाे विशालनगरबाट पक्राउ गरेको हो ।

लालीगुराँस सहकारीले बचतकर्ताको ६ अर्ब रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । दुई वर्षदेखि आफ्नो बचत रकम फिर्ता माग्दा पनि फिर्ता नपाएको सयौँ जनाको गुनासो रहेको छ ।

बचतकर्ताको रकम दुरुपयोग गरी सञ्चालकहरूको नाममा खुलेका विभिन्न निजी कम्पनीमा लगानी गरेको र निक्षेप फिर्ता नगरेको पाइएपछि सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गएको फागुन २९ गते समस्याग्रस्त घोषणा गरेको थियो ।

सहकारीले लालीगुराँस हस्पिटल प्राली, श्री लालीगुराँस राष्ट्रिय उच्च मावि तथा कलेज प्राली, जय लालीगुराँस इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी प्राली, भैरवकुन्ड हाइड्रोपावर प्राली, लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर, लालीगुराँस डेरी प्रोसेसिङ उद्योग, श्री लालीगुराँस एजुकेशन फाउन्डेशन प्राली र श्री लालीगुराँस जनस्वास्थ्य को–अपरेटिभ लिमिटेडमा गैरकानुनी लगानी गरेको पाइएको छ । तर अहिले धेरैजसो संस्थाले लालीगुराँस सहकारीले लगानी गरेको विषय अस्वीकार गर्दै आएपछि बचतकर्ता झनै तर्सिएका छन् ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया