आज राति गण्डकी, लुम्बिनी र कोशी प्रदेशका केही ठाउँमा एकदम धेरै पानी पर्ने सम्भावना

 असार १५, २०८१ शनिबार १८:३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आज राति गण्डकी, लुम्बिनी र कोशी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय रहेकोले देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ ।

विशेषगरी गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला र कोशी प्रदेशका पूर्वी जिल्लाका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । बाँकी प्रदेशका पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

मध्य र पूर्वसहित देशका धेरै ठाउँमा गए रातिदेखि आज दिउँसोसम्म नै ठूलो पानी परेको छ । दिउँसो धेरैजसो ठाउँमा वर्षा कम भएकोमा राति पुनः बढ्ने मौसमविद् लामिछानेले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा विशेषगरी बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी परेको छ । पाल्पाको बल्ढ्याङगढीमा २४ घण्टामा झन्डै दुई सय ३८ मिलिमिटर पानी परेको छ । यस्तै २४ घण्टामा बाग्लुङको गल्कोटमा दुई सय २८ मिलिमिटर पानी परेको छ ।

ठूलो पानी परेका ठाउँका नदी, खोलाहरूमा बाढी आएको छ । विशेषगरी नारायणी र गण्डकी नदी जलाधार क्षेत्रका खोलानालामा पानीको सतह बढेको छ । पानी परेसँगै बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया