इरानकाे राष्ट्रपति चुनावमा सुधारवादी नेतालाई अग्रता

 असार १५, २०८१ शनिबार १८:३०:५० | एजेन्सी
unn.prixa.net

इरानको राष्ट्रपति चुनावमा सुधारवादी नेता मसूद पेजेस्कीयनले अग्रता लिनुभएको छ । हिजो भएको राष्ट्रपतीय चुनावको मतगणना चलिरहँदा पेजेस्कीयन राम्रो मतले अघि रहेका बीबीसी हिन्दीले जनाएको छ ।

निकटतम प्रतिष्पर्धी सईद जलिलीलाई पेजेस्कीयनले १० लाख मतले पछि पार्नुभएको छ । अहिलेको मतगणनाको अवस्था हेर्दा उहाँ नै निर्वाचित हुने देखिएको खबरमा उल्लेख छ ।

सईद जलिलीलाई रुढीवादी नेता मानिन्छ । ६९ वर्षीय मसूद पेजेस्कीयनलाई भने सुधारवादी नेताका रूपमा चिनिएकाले केही विकृति र अन्धविश्वास हटाउन भूमिका खेल्न सक्ने अपेक्षा गरिएको छ । उहाँ मुटुको डाक्टर र पूर्व स्वास्थ्य मन्त्री पनि हुनुहन्छ ।

यदि कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत प्राप्त नगरेमा पुनः चुनाव हुनेछ । इरानका राष्ट्रपति इब्राहिम रईसीको गएको मे १९ तारिखमा हेलिकप्टर दुर्घटनामा ज्यान गएपछि चुनाव भएकाे हो ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया