कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

 असार १६, २०८१ आइतबार ६:१८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – आज कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी प्रणाली सक्रिय रहि न्यून चापीय क्षेत्र नेपाल नजिक रहेको अवस्थामा आज केही ठाउँमा अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले निकालेको बुलेटिनमा उल्लेख छ ।

अहिले पश्चिम तराईका जिल्लामा पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा कोशी प्रदेशको सोलुखुम्बु, ओखलढुङ्गासहित बागमती प्रदेश र लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको तराई क्षेत्रमा बढी वर्षा भएको छ । रोल्पा, दाङ, बाँके लगायतका जिल्लामा अत्याधिक वर्षा भएको छ । पानी धेरै परेसँगै पश्चिम राप्ती, राप्ती र बबई नदीमा बाढीको चेतावनी जारी भएको छ ।

आज राती पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षा र कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा अत्याधिक मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । केही दिनदेखि निरन्तर पानी परिरहेको र आज पनि धेरै पानी पर्ने सम्भावना रहेकोले बाढी, डुवान तथा पहिरो लगायतका घटनाप्रति सचेत हुन महाशाखाले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: असार १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया