भारतमा फेरि भेटियो जीका भाइरस

 असार १८, २०८१ मंगलबार ९:३०:५ | एजेन्सी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

भारतमा फेरि जीका भाइरसको संक्रमण भेटिएको छ । पुणेमा जीका भाइरसको संक्रमण भेटिएको स्वास्थ्यका अधिकारीले बताएका छन् । अहिलेसम्म त्यहाँ दुई जना गर्भवतीसहित छ जनामा संक्रमण देखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

स्वास्थ्य सेवा विभागले संक्रमणको अवस्थाबारे बालबालिकामा निगरानी गरिरहेको जनाएको छ । संक्रमणका घटना पहिचान भएपछि स्वास्थ्य अधिकारीले नागरिकलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् ।

भारतमा यसअघि केरला, गुजरात लगायतका राज्यमा जीका भाइरस संक्रमणका घटना देखिएका थिए । लामखुट्टेका कारण सर्ने जीका भाइरसले बालबालिकाको मस्तिष्कको कोष सुकाउँदै लैजाने अध्ययनले देखाएका छन् । 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया