प्रतीक थापालाई थुनामा पठाउन आदेश

 असार १८, २०८१ मंगलबार १८:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालत काठमाण्डाैका न्यायाधीश शकुन्तला कार्कीको इजलासले आज पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई थुनामा पठाउन आदेश दिएको हो ।

थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले गएको शुक्रवार पक्राउ गरेको थियो । उनी भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए ।

शुक्रवार नै विशेष ब्युरोको टोलीले बेचन झालाई पनि पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाण्डाैले उनीविरुद्ध पूरक अनुसन्धान गर्ने तयारी गरेको छ । शुक्रवारदेखि लागू हुने गरी सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया