अस्ट्रेलियाद्वारा अफगानिस्तानसँग द्विपक्षीय क्रिकेट शृङ्खला खेल्न अस्वीकार

 असार २०, २०८१ बिहीबार ९:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – अस्ट्रेलियाले तालिवान सरकारको महिला अधिकारप्रतिको अडानका कारण अफगानिस्तानसँग कुनैपनि द्विपक्षीय क्रिकेट नखेल्ने बताएको छ । अस्ट्रेलियाले महिला र बालिकाको मानव अधिकारमा उल्लेखनीय ह्रास आएको भन्दै अफगानिस्तानसँग तीन पटक द्विपक्षीय शृङ्खला खेल्न अस्वीकार गरेको क्रिक इन्फोले जनाएको छ ।

गएको महिना भएको ट्वान्टी–२० विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई हराएपछि अस्ट्रेलियाका खेलाडी उस्मान ख्वाजाले क्रिकेट अस्ट्रेलियाको अडान ठीक नभएको बताएका थिए । अफगानिस्तानका कप्तान राशिद खानले पनि खेलपछिको अवस्थाबारे टिप्पणी गर्दै यो समस्या समाधानका लागि केही गर्न सकिन्छ कि भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।

यस विषयमा अफगानिस्तान क्रिकेट बोर्डसँग नियमित संवाद जारी रहेको र भविष्यमा अफगानिस्तानसँग फेरि द्विपक्षीय क्रिकेट खेल्ने अपेक्षा रहेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया