पछिल्लो १२ घण्टामा हनुमाननगरमा ४ सय १५ मिलिमिटर पानी पर्‍याे, महाकाली नदी खतराकाे तहमा

 असार २४, २०८१ सोमबार ६:१३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – गएराति कञ्चनपुर, डडेल्धुरा, कैलाली, दाङ, मकवानपुर, नुवाकोटलगायतका जिल्लामा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा कञ्चनपुरको हनुमाननगरमा ४ सय १५, दोधारामा ३ सय ७७, डडेल्धुराको साहुखर्कमा ८८ र मकवानपुरको चिसापानीगढीमा ६० मिलिमिटर पानी परेको छ ।

अहिले डडेल्धुराको पारीगाउँ मापन केन्द्रमा महाकाली नदी खतराको तहमा छ । महाकाली नदी तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको छ । यस्तै गुल्मीको रुद्रवेणीमा बडीगाड खोला सर्तकता तह आसपास पुगेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच गएको रातीदेखीि देशैभरि लगातार परिरहेको झरी आजदेखि कम हुँदै जाने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हिजो दिउँसो विशेष मौसम बुलेटिन निकालेर आजदेखि क्रमिकरूपमा वर्षाको मात्रा कम हुँदै जाने जानकारी गराएको हो । मनसुनी न्यून चापीय रेखा दक्षिणतिर सर्ने भएकाले मनसुनको सक्रियता घट्ने महाशाखाको सूचनामा उल्लेख छ ।

पछिल्ला तीन दिन मनसुनी न्यून चापीय रेखा नेपाल नजिक भएकाले देशैभरि वर्षा भएको थियो । आजदेखि वर्षाको क्रम घटे पनि कोशी र गण्डकी प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा र थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना यथावत् छ । मधेश, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया