जिम्बावेसँगको दोस्रो टी–२० क्रिकेटमा भारत १ सय रनले विजयी

 असार २४, २०८१ सोमबार ६:२१:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – घरेलु टाेली जिम्बावेसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय रनले विजयी भएको छ ।

हरारेमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर ४ बलमा १ सय ३४ रनमा अलआउट भयो । जिम्बावेका वेस्ले मेधेवेरेले सर्वाधिक ४३ रन बनाए । भारतका मुकेश कुमार र आवेश खानले ३/३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय ३४ रन बनायाे । भारतका अभिषेक शर्माले शतक बनाए । उनले ४७ बल खेल्दै ८ छक्का र ७ चाैका प्रहार गरे । यस्तै रुतुराज गायकवाडले ७७ र रिङ्कु सिंहले नट आउट ४८ रन बनाए ।

योसँगै ५ खेलको शृङखला १/१ को अवस्थामा पुगेको छ । पहिलो खेल जिम्बावेले जितेको थियो । तेस्रो खेल आउँदो बुधवार, चौथो खेल शनिवार र पाँचौँ तथा अन्तिम खेल आउँदो आइतवार हुनेछ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया