अल नेपाल अन्तर वडा टेबल टेनिस प्रतियोगिता यही मङ्सिर ११ देखि...
मंसिर ५, २०८१ बुधबार
काठमाण्डाै – भारतीय क्रिकेट टिमका सदस्य हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा हार्दिक दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा आइपुगेका हुन् । यसअघि गएको जुलाईमा पनि उनी शीर्ष स्थानमा पुगेका थिए । यो वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा यथावत् छन् । यस्तै इङ्गल्यान्डका लायम लिभिङ्गस्टोन दुई स्थान तल झर्दै तेस्रो स्थनमा छन् ।
यस्तै टी–२० ब्याटिङ वरीयतामा अस्ट्रेलियाका ट्राभिस हेड शीर्ष र इङ्गल्यान्डका फिल साल्ट दोस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा भारतका तिलक वर्मा एकैपटक ६९ स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।
यस्तै टी–२० बलिङ वरीयतामा इङ्गल्यान्डका अदिल रशिद शीर्ष र श्रीलङ्काका वानिन्दु हसरङ्गा दोस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा अस्ट्रेलियाका एडम जम्पा पाँच स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।