२० ठाउँमा सडक अवरुद्ध

 असार २४, २०८१ सोमबार १८:४:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – विभिन्न राजमार्गका २० ठाउँमा सडक अवरुद्ध रहेको छ । मनसुन भित्रिएपछिको बाढी तथा पहिरोका कारण राजमार्गको ३१ वटा सडकका दुई सय १५ ठाउँमा अवरुद्ध भएको थियो । जसमध्ये २० ठाउँका सडक अहिले पनि अवरुद्ध रहेका सडक विभागले जनाएको छ ।

एक सय आठ ठाउँमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । ८७ ठाउँको सडकबाट भने अबरोध हटाएर पूर्ण रूपमा सञ्चालनमा आएका छन् ।

अहिले तानसेन–रिडी कोरला खण्डको गुल्मी, महेन्द्र राजमार्गको कञ्चनपुर र मध्यपहाडी राजमार्गको डोटीमा सडक अवरुद्ध रहेको छ । कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ३ दिनदेखि गाडी चलेका छैनन् ।

यस्तै दैलेखको सियालमा कर्णाली राजमार्ग, कालीकोटको मोफ्ला बजार नजिक हुम्ला सडक, दैलेखको तालपोखरी नजिक दैलेख–नाम्चेनाम्ला सडक, कालिकोटको स्मोड र त्यसको नजिकै कर्णाली राजमार्ग अवरुद्ध छन् ।

धनकुटाको ओख्रेमा भेडेटार–रवि–राँके सडक, सिन्धुलीको कुदुलेमा मध्यपहाडी राजमार्ग, सिन्धुपाल्चोकको कोदारीमा अरनिको राजमार्ग र सङ्खुवासभाको समाटारमा कोशी राजमार्ग अवरुद्ध छन् ।

केही ठाउँमा वर्षा कम भएकाले पहिरो पन्छाउने प्रयास भइरहेको विभागले जनाएको छ । कतिपय ठाउँमा भने वर्षा भइरहेकाले सडक खुलाउन केही दिन लाग्ने भएको छ । प्रहरीले यात्रा गर्नुअघि बाटोको अवस्था बुझ्न आग्रह गरेको छ । 

अन्तिम अपडेट: असोज २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया