मौसममा केही सुधार भएसँगै कञ्चनपुरका बाढीपीडित घर फर्कन थाले

 असार २५, २०८१ मंगलबार १५:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – मौसममा केही सुधार भएसँगै कञ्चनपुरका बाढीपीडित घर फर्कन थालेका छन् । लगातार परेको पानीले कञ्चनपुरको नौवटा पालिकाका चार हजारभन्दा धेरै जना सुरक्षित ठाउँमा सरेका थिए । आज बिहानदेखि पानी पर्नेक्रम केही कम भएको छ ।

बाढी तथा घर डुबानमा परेका पीडित विद्यालय, वडा कार्यालय, सार्वजनिक ठाउँ र आफन्तकोमा आश्रय लिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार अहिलेसम्म दुई हजार जनाभन्दा धेरै घर फर्किएका छन् ।

दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस्तै महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा पनि आवागमन खुलेको छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया