देशको पूर्वी र मध्य क्षेत्रमा पानी पर्दै, कम्तीमा ३७ वटा जिल्लामा बाढीको जोखिम

 असार २७, २०८१ बिहीबार १४:४०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – देशको पूर्वी क्षेत्रमा न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर अर्थात् नेपालतर्फ अघि बढेसँगै पूर्वी र मध्य नेपालमा पानी परिरहेकाे छ ।

पछिल्लो ३ घण्टामा कोशी प्रदेशको सङ्खुवासभा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत मधेश, बाग्मती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा पानी परिरहेको छ । सर्लाही, बारालगायतका जिल्लामा अत्यधिक वर्षा भएको छ ।

वर्षासँगै कम्तीमा ३७ वटा जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, गोरखा, तनहुँ, लमजुङ र कास्कीका नदीहरूमा पानीको बहाव बढ्ने सम्भावना छ ।

यस्तै स्याङ्जा, पर्वत, बाग्लुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घाखाँची र आसपासका जिल्ला भई बहने धेरैजसो स–साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ । यसका साथै ताप्लेजुङ, सङ्खुवासभा, पाँचथर, सिन्धुपाल्चोक, दोलखा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने धेरैजसाे स–साना नदीहरूको बहाव बढ्ने तथा केही स–साना नदीहरूमा आकस्मिक बाढी हुन सक्ने पूर्वानुमान रहेको छ ।

यसैबीच वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरीले विभिन्न राजमार्गमा अवरोध भइरहेको भन्दै सडकको अवस्था बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया