पाकिस्तान टेस्ट टिमको कप्तानमा शन मसूदकै निरन्तरता, बाबरको कप्तानीबारे पछि निर्णय हुने

 असार २७, २०८१ बिहीबार १८:२९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पाकिस्तान टेस्ट क्रिकेट टिमको कप्तानी शन मसूदले नै गर्ने भएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) र मुख्य प्रशिक्षक जेसन गिलेस्पीले टेस्ट टिमको कप्तानमा शन मसूदमाथि भरोसा देखाएको समाचार संस्था डेकन हेराल्डले जनाएको छ ।

शन मसूद गएको वर्षको नोभेम्बरमा पाकिस्तान टेस्ट टिमको कप्तान बनेका थिए । यस्तै एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बाबर आजमको कप्तानीबारे पछि निर्णय लिइने खबरमा उल्लेख छ ।

पाकिस्तानले आउँदो अक्टोबरमा इङ्गल्यान्डसँग ३ खेलको टेस्ट शृङ्खला खेल्दैछ । यस्तै बङ्गलादेश, दक्षिण अफ्रिका र वेस्ट इन्डिजसँग पनि खेल्ने तालिका छ ।

यस्तै पाकिस्तान क्रिकेट बोर्डको बैठकमा भर्खरै सकिएको आईसीसी टी–२० विश्वकपमा टिमको खराब प्रदशर्नलाई लिएर पनि चर्चा भएको थियो । बाबर आजमको कप्तानीमा टी–२० विश्वकप खेलेको पाकिस्तान पहिलो चरणबाटै बाहिरिएको थियो ।

अन्तिम अपडेट: भदौ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया