देशका धेरै ठाउँमा वर्षा, नारायणी र मर्स्याङ्दी नदीले सतर्कता तह पार  गर्‍याे

 असार २८, २०८१ शुक्रबार ६:२६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पा, चितवन, तनहुँ, गोरखा र नवलपुरमा ९० मिलिमिटरभन्दा धेरै पानी परेको छ ।  लगातार र ठूलो पानी परेका ठाउँका नदी, खोलाहरुमा बाढी आएको छ ।

नारायणी र मर्स्याङ्दी नदीले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । नारायणी नदीको देवघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा बस्नेहरुलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै तनहुँको मर्स्याङ्दी नदी बिमलनगर जलमापन केन्द्रमा पनि जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले बन्दीपुरको बिमलनगरदेखि तल्लो नदी तटीय क्षेत्र आँबुखैरनीसम्म सतर्कता अपनाउन महाशाखाले भनेको छ । नवपलपुर, रुपन्देही, पाल्पा र गोरखामा पनि ठूलो पानी परेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले भोलिसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान गरेको छ । विभागका अनुसार देशको पूर्वी र मध्य भागका धेरैजसो जिल्लामा छोटो अवधिमा धेरै पानी पर्न सक्ने जोखिम छ । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया