मनसुनी प्रणाली आजदेखि केही कमजोर हुने

 असार २९, २०८१ शनिबार ६:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – गएको बुधवार रातिदेखि सक्रिय भएको मनसुनी प्रणाली आजदेखि केही कमजोर हुने मौसमविद्ले बताएका छन् । मनसुन न्यून चापीय रेखा पूर्वी क्षेत्रमा नेपालतर्फ सर्दा धेरै ठाउँमा अति ठूलो पानी परेको थियो । आजदेखि न्यून चापीय रेखा सरदर स्थानमा पुगेको मौसम पूर्वानुमान् महाशाखाका मौसमबिद् गोविन्द झाले जानकारी दिनुभयो ।

मनसुन न्यून चापीय रेखा सरदर स्थानमा पुगे पनि उत्तर प्रदेशमा विकसित न्यून चापीय रेखाका कारण कोशी, बाग्मती, गण्डकी र लुम्बनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

२४ घण्टामा ५० देखि एक सय मिलिमिटरसम्म वर्षा भएमा त्यसलाई ठूलो वर्षा मानिन्छ । त्यस्तै, एक सय देखि दुई सय मिलिमिटरसम्म वर्षा भएमा धेरै ठूलो वर्षा र दुई सय मिलिमिटरभन्दा बढी पानी परेमा अति ठूलो वर्षा भएको मानिन्छ ।

आज देशका सबैजसो ठाउँमा बदली भएर कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका केही ठाउँ र कर्णाली र सदुरपश्चिमको एक–दुई ठाउँमा हल्कादेखि मध्ययम वर्षाको संभावना रहेको छ । अहिले पर्सा जिल्लाका केही ठाउँमा ठूलो बर्षा भइरहेको छ । यस्तै गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा सामान्यदेखि मध्ययमखालको पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया