कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असार ३०, २०८१ आइतबार ६:२७:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – आज दिउँसो कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभरको मौसम सामान्यदेखि कतै पूर्ण बदली छ । तर कोशी र गण्डकीका एक दुई ठाउँबाहेक अरू ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन न्यूनचापीय रेखा सरदरभन्दा दक्षिणतर्फ अर्थात् नेपालभन्दा पर रहेकोले मनसुन सामान्य मात्रै सक्रिय हुने महाशाखाको दैनिक बुलेटिनमा उल्लेख छ ।

यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मेघ गर्जन/चट्याङ्गसहित सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आउँदाे तीन दिनसम्म मनसुन सामान्य सक्रिय मात्रै रहने छ । तर यसअघि धेरै पानी परेकाले सामान्य वर्षामा पनि बाढी, पहिरो लगायतका जोखिम हुने भएकोले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया